September 22, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।

कोटहीमाई नगरपालिका-३ मर्यादपुरका  मोहम्मद लाडले अन्सारीको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अन्सारीसहित सोही ठाउँका कमलेशकुमार यादव, विशाल यादव, मोहम्मद सरिफ जोलहा, सुरज यादव, निरजकुमार यादव, सञ्जय जैसवाल, मायादेवी गाउँपालिका-५ का भगवानदास कुर्मी, सोनु मल्लाह, समिर धुनियाँ र घनश्याम यादव छन्।

उनीहरूको साथबाट १ लाख ६८ हजार ९०५ रूपैयाँ नगद, मोबाइल, तास, जुवा खेल्न प्रयोग गरिएको प्लाष्टिकको बोरा बरामद भएको छ।

पक्राउ परेका सबैलाई सोमबार नै जुवा ऐन अनुसार कारबाही थालिएको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।