July 28, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

बेपत्ता बिष्टको शव भेटियो

दाङ,
७-साउन/ दाङमा बुधबार बिहान सिँचाइको लागि बनाइएको कृतिम जलाशय (ड्याम) मा डुबेर बेपत्ता भएका युवकको शव निकालिएको छ ।

घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता रहेको ड्याममा पौडी खेल्ने क्रममा बुधबार बिहान देखि बेपत्ता भएका सोही ठाउँका ३१ बर्षीय लाल बहादुर बिष्टको शव बिहीबार दिउँसो साढे १ बजे तिर सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको हो ।