September 22, 2021

AAjakokhaber

No 1 News Portal From Nepal

दमकमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा बिष्ट दम्पतीको मृत्यु

झापा / दमकमा ट्रकले मोटरसाईकललाइ ठक्कर दिँदा बिष्ट दम्पतीको मृत्यु भएकाे छ । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटना हुँदा पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टकोको मृत्यु भएकाे हाे ।                                                                                                                                        पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक रहेका थिए ।